FAQs Complain Problems

News

दिक्तेल नगरपालिकाको अा.व. ०७४।०७५ को चोथाे नगर परिषद् सम्पन्न

''विकासमा समन्वय र सहभागिता, पूर्वधार निर्माणमा दिक्तेल नगरपालिका" भन्ने मूल नाराका साथ यहि मिति २०७३ साल पौष २४ गते जिल्ला विकास समिति खाेटाङकाे समिक्षालय हलमा दिक्तेल नगरपालिकाे अा.व. ०७४।०७५ को चौथाे नगर परिषद्वाट स्वीकृत वार्षिक निती, कार्यक्रम तथा  वजेट सार्वजनिकीकरण कार्यक्रम सम्पन्न भयाे ।

उक्त कार्यक्रमको प्रमुख अतिथि  प्रमुख जिल्ला अधिकारी श्री चन्द्र वहादुर कार्कीज्यूले तथा कार्यक्रमकाे अध्यक्षता नगर प्रमुख एवं कार्यकारी अधिकृत अनिल किराती ज्यूले गर्नुभएको थियाे भने कार्यक्रममा खाेटाङ जिल्लाका पूर्व सांसद कुल प्रसाद फुयाल, पूर्व सभासद श्री दुर्गा जयन्ति राई, जिल्ला स्तरिय राजनैतिक दलको तर्फवाट नेपाली कांग्रेसकाे तर्फवाट श्री डिल्लिकुकारी अाचार्य, नेकपा एमालेकाे तर्फवाट श्री दिप नारायण रिजाल, नेकपा माअोवादी केन्द्रकाे तर्फवाट श्री विनोद अाचार्य, राष्ट्रीय प्रजातन्त्र पार्टी नेपालकाे तर्फवाट श्री ललित कुमार राई, संघीय समाजवादी फाेरम नेपालकाे तर्फवाट पि.के.खम्वु , नेकपा मालेकाे तर्फवाट श्री गोविन्द वहादुर कट्वाल , नेकपा क्रान्तिकारी माअोवादीकाे तर्फवाट श्री देवि रिजालकाे उपस्थिथिति रहेको थियाे ।

२८० जना भन्दा वढी नगरवासिहरुको विसाल जनसहभागितामा सम्पन्न उक्त कार्यक्रममा जिल्ला स्थित विभिन्न सरकारी/गैर सरकारी कार्यालयका प्रमुख, पत्रकार महासंग, उधाेग वाणिज्य संघ, खानेपानी महासंघ, वडा नागरिक मञ्च, नागरिक सचेतना केन्दं, अन्तरपार्टी महिला सञ्जाल, अामा समूह तथा अन्य लक्षित समुदायका प्रतिनिधिहरुको पनि उपस्थिति रहेकाे थियाे ।

कार्यक्रममा नगर प्रमुख एवं कार्यकारी अधिकृत ज्यूले चा.लु. अा .व .को उपलव्धिहरु र कार्य गर्दाको समस्या, चुनाैति एवं सम्भावना र अवसरहरु प्रस्तुत गर्नु भएकाे थियाे भने अागामी अा.व. ०७४।०७५ काे निती, कार्यक्रम तथा वजेटलाई विषयगत रुपमा पेश गर्नु भएकाे थियाे ।

स्थानीय स्वायत्त शासन एेन २०५५, स्थानीय स्वयत्त शासन नियमावली २०५६ तथा स्थानीय निकाय श्राेत परिचालन तथा व्वस्थापन कार्यविधि २०६९, एवं नगरस्तरीय याेजना तर्जुमा कार्यविधि २०६८ ले स्थानीय निकायहरुले अाफ्नो विकासका विभिन्न याेजना तथा कार्यक्रमहरुको निर्माण सहभागितामूलक विधि अवलम्वन गरी स्थानीय राजनैिक दलका सदस्यहरु, नागरिक समाजका प्रतिनिधिहरु, टाेलवासीहरु, वडावासीहरु, वडा नागरिक मञ्च, नागरिक सचेतना केन्द्रका सदस्यहरु, स्थानीय संघ सस्थाका प्रतिनिधिहरु, विभिन्न लक्षित वर्गका प्रतिनिधीहरुकाे प्रत्यक्ष उपस्थितिमा सहभागितात्मक ढंगवाट माग भई अाएका याेजनाहरुलाई प्राप्त सल्लाह र सुझाव समेतलाई अात्मसात गर्दै एकीकृत योजना तर्जुमा गोष्ठिमा सघन छलफल गरेर तयार गरेकाे निती, कार्यक्रम तथा वजेट नगर प्रमुख एवं कार्यकारी अधिकृत ज्यूले प्रस्तुत गरेपछी विभिन्न सघं सस्था, वडा नागरिक मञ्च, राजनैतिक दल, लगायत विसेष अतिथि र प्रमुख अतिथिले निती, कार्यक्रम तथा वजेटलाई प्रभावकारी ढङ्गले कार्यान्वयन गर्न, सम्वन्धित निकाय र पक्ष सँग समन्वय गरी अघि वढ्न सुझाव सहित शुभकामना व्यक्त गरेका थिए । 

कार्यक्रममा नगरपालिकाको कार्यालय सहयाेगी श्री वृहस्पती अाचार्यलाई रु ५०००। पाँच हजार सहित उत्कृष्ट नगर कर्माचारी पुरस्कार २०७३ प्रदान गरिएको थियाे भने सामाजिक परिचालकहरु सन्ताेष घिमिरे, देविका वस्नेत, हेमलता कार्की र उर्मिला देउजालाई सामाजिक परिचालनकाे क्षेत्रमा उल्लेखिय काम गरे वापत प्रशंसा पत्र प्रदान गरिएको थियाे । 

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको एक नगरपालिका एक उत्पादन कार्यक्रम अन्तर्गत घंगरुको लठ्ठीलाई दिक्तेल नगरपालिकाले अाफ्नाे पहिचानकाे रुपमा स्थापित गराउने निर्णय गरेकाे र उक्त लठ्ठी उत्पादन गर्ने दिक्ते नगरपालिका वडा नं १ का श्री भिम विश्वकर्मालाई प्राेत्सान स्वरुप कदर पत्र पनि कार्यक्रममा प्रदान गरिएकाे थियाे ।

दिक्तेल नगरपालिकाका सम्पूर्ण कर्मचारीहरुको सक्रिय सहभागितामा सम्पन्न उक्त सार्वजनिकीकरण कार्यक्रममा नगरपालिकाका लेखापाल श्री अर्जुन खवासले स्वागत मन्तव्य दिनु भएकाे थियाे भने जिल्ला विकास समिति कार्यालयका नायव सुव्वा श्री नारायण प्रसाद खवासले कार्यक्रम संचालन गर्नु भएकाे थियाे ।

उपस्थित प्रमुख अतिथि, विशेष अतिथिहरु, अतिथिहरु लगायत सम्पूर्ण सहभागिहरुलाई उपस्थिति भएकाेमा हार्दिक अाभार तथा धन्यवाद व्यक्त गर्दै एवं प्राप्त सुझावहरुलाई मनन् गर्दै निती, कार्यक्रम तथा वजेटलाई प्रभावकारी रुपमा कार्यान्वन गर्ने प्रतिवद्धता जाहेर गर्दै कार्यक्रमका सभाध्यक्ष नगर प्रमुख एवं कार्यकारी अधिकृत श्री अनिल किराती ज्यूले कार्यक्रम समापन गर्नु भएकाे थियाे ।

मिति २०७३।०९।२५ गते साेमवार